+
+

स्वस्तिमा भन्छिन्- विदेशी फिल्ममा प्रोटोकल लागू गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १२:२५
शनिबार ‘ऐंचोपैंचो’ फिल्मको प्रचारमा अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा राउत र निर्देशक कृषा चौलागाईं

काठमाडौं । आगामी बिहीबारदेखि शाहरुख खान स्टारर हिन्दी फिल्म ‘जवान’ प्रदर्शनको तयारीमा छ । प्रमुख मल्टिप्लेक्सले फिल्मको अग्रिम बुकिङ थालिसकेका छन् । उनीहरुले ‘जवान’लाई प्राथमिकतामा राख्दै उच्च शो पनि दिएका छन् ।

शाहरुखका अघिल्ला फिल्मको क्रेज हेर्दा ‘जवान’ले नेपालमा समेत आक्रामक ओपनिङ गर्न सक्ने अनुमान छ । शुक्रबार प्रतीक्षित हलिउड फिल्म ‘नन् २’ पनि रिलिज हुँदैछ । यी दुई विदेशी फिल्मको चेपुवामा प्रदर्शनरत नेपाली फिल्मले दोस्रो सातामा शो नै नपाउने जोखिम पनि छ ।

अहिले हलमा नेपाली फिल्महरु ‘ऐंचोपैंचो’, ‘गणपति’ र कतिपयमा ‘जय हो’मा पनि प्रदर्शन भइरहेका छन् । हल वितरकले नै खरिद गरेर ल्याएको ‘जवान’को चेपुवामा आफ्नो फिल्म पर्न सक्ने त्रास उनीहरुमा छ । यस्तोमा उनीहरुले विदेशी फिल्मको वितरणबारे नै टिप्पणी गर्न थालेका छन् ।

‘ऐंचोपैंचो’को प्रवर्द्धनमा व्यस्त अभिनेत्री स्वस्तिमा खड्काले विदेशी फिल्मका लागि नेपालमा प्रोटोकल लागू गर्नुपर्ने बताएकी छन् । मिडिया कुराकानीमा उनले भनिन्, ‘हिन्दी फिल्म ल्याउने पनि हलकै सञ्चालक हुनुहुन्छ । विदेशी फिल्मका लागि प्रोटोकल लागू गर्नुपर्छ ।’

हलले शतप्रतिशत अकुपेन्सी पुर्‍याउन जोड दिने बताउँदै उनले भनिन्, ‘उहाँहरु आफैं हल चलाउनुहुन्छ । आफैंले फिल्म ल्याएपछि त ५० प्रतिशत अकुपेन्सी छ भने उहाँहरुले १०० प्रतिशत अकुपेन्सीको लागि जोड दिनुहुन्छ । यो सही वा गलत के हो, म पनि भन्न सक्दिन तर एक त हिन्दी फिल्म ल्याएपछि पेलिने नै भयो । त्यसमाथि जसले हल चलाउनुहुन्छ, उहाँहरुले नै ल्याएपछि हन्ड्रेड पर्सेन्ट नै हुने भयो ।’

स्वस्तिमासहित ऐंचोपैंचोका अन्य कलाकारले पनि विदेशी फिल्मले नेपालीलाई चेपुवामा पार्न नहुने बताएका थिए । अभिनेता राजाराम पौडेलले सरकारले राष्ट्रिय फिल्मलाई प्राथमिकता दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?