
१७ भदौ, काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले १५ जना स्रष्टाहरुलाई विभिन्न पुरस्कारले सम्मान गर्ने भएको छ । वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा) लाई प्रदान गर्ने निर्णय गरिएको समाजका सभापति रामकृष्ण बरालले जानकारी दिए ।
त्यस्तै प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गरेका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ । शान्ति समाजले उनको निधनअघि नै स्रष्टा सम्मान गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा.रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडौं)लाई प्रदान गर्ने शान्ति समाजले निर्णय गरेको छ ।
त्यस्तै ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान डा. कृष्णराज चौधरी सर्वहारी (दाङ), पवित्रादेवी चौलागाई मानवअधिकार स्रष्टा सम्मान प्रा.डा. सावित्री कक्षपती (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा.नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौं), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर) पनि सम्मानित हुने भएका छन् ।
श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्मप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर)लाई प्रदान गर्ने निर्णय गरिएको शान्ति समाजले जनाएको छ ।
पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधी, मगर र लिम्बु गरी ८ भाषामा विशेष योगदान गरेको समाजका सभापति बरालले जानकारी दिए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा (२०८० कात्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरी २० हजार पुरस्कार राशि सहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया 4