+
+

प्रतिनिधि सभामा आज शिक्षा र कानुनमन्त्रीसँग प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते ११:०६

१८ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दैछ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ ।

संसद सचिवालयलका प्रवक्ता एकराम गिरीका अनुसार एक जना सांसदले एउटा मन्त्रालयसँग सम्बन्धित दुई वटासम्म प्रश्न सोध्न पाउँछन् । सांसदले दर्ता गरेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले संसदमै मौखिक जवाफ दिनुपर्ने व्यवस्था छ ।

संसद सचिवालयका अनुसार सोमबार नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रश्न सोध्ने र त्यसको जवाफ सम्बिन्धित मन्त्रीले दिने तय भएको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ८ मा प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । जहाँ सांसदहरुले कुनै पनि विषयमा मन्त्रीहरुलाई प्रश्न सोध्न सक्ने र त्यसको प्रक्रिया उल्लेख छ । संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?