+
+

एक दिवसीय क्रिकेटमा कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १५:२८

१८ भदौ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् ।

एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

भुर्तेलले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् ।

कुशल भुर्तेल नेपालका लागि एक हजार ओडीआई रन बनाउने तेस्रो खेलाडी समेत बनेका छन् ।

यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । रोहितले ५३ खेलमा १ हजार ४६९ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?