+

एनएनआईपीएमा दीपक श्रेष्ठको निरन्तरता

२०८० भदौ  १९ गते २०:१२ २०८० भदौ १९ गते २०:१२
एनएनआईपीएमा दीपक श्रेष्ठको निरन्तरता

१९ भदौ,  काठमाडौं । दक्षिण एसियाली खेलकुदको करातेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारण सभा तथा निर्वाचनले २ वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

निर्विरोध चयन भएको समितिको उपाध्यक्षमा आयशा शाक्या (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे  (टेबलटेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) छन् ।

पदाधिकारीमा दीपक बाहेक अघिल्लो कार्यसमितिमा सबै अहिलेकै जिम्मेवारीमा थिए । अघिल्लो कार्यसमितिमा दीपक सदस्य थिए ।

बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जित डंगोल सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीले खादा लगाइ दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । १ उपाध्यक्ष र ३ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।

खेलाडी संघ दीपक श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय