+
+

स्पेनमा वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमा चिम्पाञ्जी छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १३:०२

२१ भदौ, काठमाडौं । उत्तरी स्पेनको रिउडेलोट्स डी ला सेल्वा शहरमा बस्ने निको नामको चिम्पाञ्जी वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमामा छनोट भएको छ ।

मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डका लागि छानिएका ५ फाइनलिस्टमध्येको एक हो ।

सन् २००४ देखि सो ठाउँमा रहेको निको विश्व पुरस्कारको लागि रोमानियाको खैरो भालु, क्रोस्टारिकाको एन्टीटर, कम्बोडियाको एउटा हात्ती र क्रोस्टारिकको पुमा छनोट भएको छ ।

यो चिम्पान्जी २३ वर्षको पुग्न लागेको र स्वास्थ्यमा समस्या रहेको बताइएको छ । १० हजार अमेरिकी डलरको यो पुरस्कार जित्नको लागि ५ मध्येबाट चुनिने छ ।

सिन्ह्वाको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?