+
+

नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १३:०२

२६ भदौ, काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।

पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन् ।

घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १:५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

नेम्वाङको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका थिए । मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बतायो । नेम्वाङका दुई छोरा र दुई छोरीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?