+
+

युरो छनोटमा स्पेन र बेल्जियमको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते ६:५६

२७ भदौ, काठमाडौं । युरो २०२४ को छनोटमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् ।

समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले साइप्रसलाई ६-० ले पराजित गरेको छ ।

स्पेनको लागि फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बाएनाले एक/उक गोल गरे ।

जितपछि चार खेलबाट ९ अंक जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा नर्वेले जर्जियालाई २-१ ले हरायो । नर्वेका लागि एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डले गोल गरे ।

नर्वे ७ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै रोमेलु लुकाकुको दुई गोल मदतमा बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५-० ले हरायो ।

जान भर्टोङ्गन र लियोन्ड्रो ट्रोसार्डले पहिलो हाफमा गोल गर्दै बेल्जियमलाई दुई गोलको अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको सुरुमा लुकाकुले  दुई मिनेटमा दुई गोल गरेपछि बेल्जियमले ६० मिनेट भित्रै ४-० को अग्रता बनायो ।

बेल्जियमका लागि पाँचौ गोल चार्ल्स डे केटेलाएरेले ८८औं मिनेटमा गरे ।

जितपछि पाँच खेलबाट १३ अंकसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ ।

स्वीडेनलाई ३-१ ले हराएर १३ अंक नै जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।

यसैगरी समूह सी को खेलमा इटलीले युक्रेनलाई २-० ले पराजित गरेको छ । इटलीका लागि डेभिड फ्रेटेसीले पहिलो हाफमै दुई गोल गरे ।

युक्रेनका एन्ड्री यार्मालेन्कोले दोस्रो हाफमा एक गोल फर्काए ।

जितपछि चार खेलबाट ७ अंक जोडेर इटली दोस्रो स्थान उक्लेको छ । पाँच खेलबाट उति नै अंक रहेको युक्रेन तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २-० ले पराजित गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?