+
+

जिमेल एपमा इमेल कसरी ट्रान्सलेट गर्ने ?

एजेन्सी एजेन्सी
२०८० भदौ २७ गते ७:४२

अहिलेको अन्तरआबद्धित दुनियाँमा कहिलेकाहीँ भाषाको भिन्नताले समेत सञ्चारमा बाधा उत्पन्न गर्न सक्दछ । यहीँ तथ्यलाई मध्यनजर गर्दै जिमेलको मोबाइल एपमा इमेलहरुलाई एपभित्रै सजिलैसँग सीधै अनुवाद गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

पहिले जिमेलको वेब भर्सनमा उपलब्ध यो फिचर हाल एन्ड्रोइड र आइओएस दुवै प्लाटर्फममा उपलब्ध छ ।

यो फिचरले फरक-फरक भाषा भएका जिमेल प्रयोगकर्तालाई आफूले प्राप्त गरेका इमेललाई आफ्नो भाषामा अनुवाद गरेर पढ्ने सुविधा प्रदान गर्दछ ।

जिमेलमा प्राप्त इमेललाई अनुवाद गर्ने तरिका यस्तो छ :

१. जिमेल एप खोल्नुहोस् : आफ्नो मोबाइल डिभाइसमा रहेको जिमेल एप खोल्नुहोस् । आफ्नो जिमेल अकाउन्ट लगइन भएको कुरा निश्चित गर्नुहोस् ।

२. आफूले अनुवाद गर्न चाहेको इमेल खोल्नुहोस् । त्यसरी खोलिसकेपछि ट्रान्सलेसन फिचर देखिन्छ ।

३. इमेलको दायाँ माथिल्लो भागमा देखिने तीनवटा थोप्ला भएको आइकनमा ट्याप गर्नुहोस् । त्यसको ड्रपडाउन मेन्यूमा विभिन्न अप्सन देखिन्छन् ।

४. ती अप्सनहरू मध्ये Translate अप्सन छान्नुहोस् । यसले ट्रान्सलेसन फिचर सक्रिय हुनेछ ।

५. त्यसपछि आफुले अनुवाद गर्न चाहेको भाषा छान्नुुहोस् । तपाईंले उपलब्ध विभिन्न भाषाहरुको सूचीबाट अनुवाद गर्न चाहेको भाषामा छान्न सक्नुहुन्छ ।

६. आफ्नो लक्षित भाषा छानिसकेपछि जिमेल एपले तपाईंको उक्त इमेल अटोम्याटिक रुपमा अनुवाद गर्नेछ । त्यसपछि अनुवादित भाषामा तपाईंले इमेल देख्नुहुनेछ र त्यसलाई पढ्न सक्नुहुनेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?