+
+

तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १५:५०

२७ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ । मंगलबार १९६७.५७ को बिन्दुमा बन्द भएको नेप्से बुधबार २ प्रतिशतले बढेको हो ।

७ भदौमा २०१३.९३ को विन्दुमा बन्द भएको नेप्से ८ भदौमा २ हजारको विन्दुबाट तल झरेर गत बिहीबार १९३२.४५ को विन्दुमा बन्द भएको थियो । यो सातको आइतबार र सोमबार लगातार बढेको नेप्से मंगलबार १९.४२ अंकले घटेको थियो । तर, बुधबार पुनः बढ्दा नेप्से २ हजार भन्दा माथि पुगेर बन्द भएको छ ।

लगातार घट्दो क्रममा रहेको हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढ्दा बुधबार समग्र बजारमा नै सकारात्मक प्रभाव देखिएको हो । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.६२ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.२० प्रतिशत बढेको छ ।

नेप्सेसँगै बुधबार कारोबार रकम पनि बढेको छ । सोमबार डेढ अर्ब नाघेको कारोबार रकम मंगलबार घटेर करिब १ अर्ब नजिक झरेको थियो । बुधबार पुनः बढेर १ अर्ब ४९ करोड ५५ लाखको कारोबार भएको छ । ३६ हजार ४५ वटा कारोबारमा ५१ लाख ४४ हजार ७२४ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये एनआईसी एशिया बैंक[NICA] Last Traded 2024-01-04 14:59:57 NICA NIC Asia Bank 52 weeks L:490.1 H:666.803 180 days Average 659.0882 EPS 27.0924573631 (FY 2023/24, Q:1) Market Cap 76213850824.8 View Details को सर्वाधिक ७ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोल्टी होटल[SHL] Last Traded 2024-01-04 14:59:57 SHL Soaltee Hotel 52 weeks L:204.2625 H:507.814 180 days Average 443.7955 EPS 4.4067844526 (FY 2023/24, Q:1) Market Cap 40404936790.2 View Details को ६ करोड ७१ लाख र एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२८ सूचीकृत कम्पनीका सेयर कारोबार हुँदा २१३ कम्पनीको मूल्य बढेको छ । यस्तै ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावर[BARUN] Last Traded 2024-01-04 14:59:55 BARUN Barun Hydropower 52 weeks L:191.1 H:300 180 days Average 225.5582 EPS -15.6561746125 (FY 2023/24, Q:1) Market Cap 1237196835 View Details को सेयरमूल्य १० प्रतिशत र शुभम् पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतल बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै समता घरेलु लघुवित्तको सेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो ।

यता थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतले गिरावट हुँदा सिटिजन्स मयुचुअल फण्ड २ को इकाइमूल्य ३.८० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.२१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?