+
+

अनलाइनबाट पनि सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १६:४८

२७ भदौ, काठमाडौं ।  संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि सो पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ ।

पार्टीको वेबसाइट ‘सिपिएनयुएमएल डट ओआरजी’मा शब्द श्रद्धाञ्जली लेख्न चाहनेका लागि उक्त व्यवस्था गरिएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

यो व्यवस्थाले स्व नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकका लागि सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

पार्टीको मङ्गलबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र इलाम क्षेत्र नं–२ को क्षेत्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

हृदयाघातका कारण यही भदौ २६ गते निधन भएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका लागि पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?