+
+

यस्तो छ दीपक-दीपाको सिनेमा हल, शुक्रबारदेखि सञ्चालनमा आउँदै (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १७:२१

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सञ्चालक रहेको मल्टिप्लेक्स फिल्म हल शुक्रबारदेखि औपचारिक सञ्चालनमा आउने भएको छ । नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको हल आईएनआई सिनेमाजको फ्रेन्चाइजीको रुपमा सञ्चालनमा आउन लागेको हो ।

दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ । स्क्रिनप्ले फिल्म्स कम्पनीको स्वामित्व रहेको यो हलको सबै व्यस्थापन आईएनआईले हेर्नेछ । यो हलसँगै आईएनआईको हल संख्या तीन पुगेको छ । गोंगबुको ल्होत्से मल, बुटवलको मिलनचोकमा यसअघि नै दुई फ्रेन्चाइजी हल सञ्चालनमा छन् ।

शुक्रबार बिहान यो हलको उद्घाटन कार्यक्रम छ । उद्घाटनमा दीपक–दीपाकै पछिल्लो फिल्म ‘छक्कापञ्जा ४’ को स्क्रिनिङ हुनेछ । त्यसपछि नियमित शो अन्तर्गत एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शन हुनेछन् ।

‘हामी निर्माता पनि भएकाले विदेशीभन्दा नेपाली फिल्मलाई नै शो विभाजनमा प्राथमिकता दिनेछौं,’ हल सञ्चालनको दौडधुपमा रहेका दीपकले अनलाइनखबरसँग भने, ‘यदि म प्रदर्शकको रुपमा सफल रहें भने भोलि देशव्यापी रुपमा फ्रेन्चाइजी विस्तार पनि हुनेछ ।’

निर्माण सुरु भएको पाँच वर्षपछि अन्ततः हल सञ्चालनमा आउन लागेको हो । कोभिड र आर्थिक संकटको कारण हललाई समयमै ल्याउन नसकिएको दीपकले बताए । यसबाहेक दीपक–दीपा मंसिरदेखि नयाँ फिल्मको छायांकनमा व्यस्त हुनेछन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?