+
+

उपत्यकामा एक जना ट्राफिक प्रहरीलाई साढे १६ सय सवारीसाधन व्यवस्थापनको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १८:४१

२८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा एक जना ट्राफिक प्रहरीले १ हजार ६४८ सवारीसाधन व्यवस्थापन गरिरहनु परेको एक तथ्यांकले देखाएको छ ।

संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍को पहिलो बैठकमा ट्राफिक प्रहरी कार्यालयले प्रस्तुत गरेका तथ्यांक अनुसार एक जना ट्राफिक प्रहरीले १.८७ किलोमिटर सडक क्षेत्रमा उक्त स‌ंख्यामा सवारीसाधन व्यवस्थापन गर्नुपरिरहेको हो ।

कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले उपत्यकामा ट्राफिक व्यवस्थापनको अवस्था, समस्या र समाधानका उपायका विषयमा प्रस्तुतीकरण गर्दै उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

‘सवारी व्यवस्थापनका लागि १ हजार ११३ दरबन्दी छन् । यो जनशक्तिले नपुगेर काजमा प्रहरी थप गरेर १ हजार ७८८ जना परिचालित हुने अवस्था छ,’ उनले भने ।

सवारीसाधन व्यवस्थापनका लागि मुख्य सडकमा रिक्सा, इरिक्सा, ठेला, पावर ट्रेलर सञ्चालनमा रोक लगाइएको छ । यस्तै उपत्यका भित्रिने टिपरहरुलाई बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म निषेध गरिएको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म ट्रक र मिनी ट्रकलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ ।

भट्टका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा ५ लाख ४ हजार ५९७ जनालाई, आर्थिक वर्ष २०७९/८० मा ८ लाख ९५ हजार ६१ जनालाई कारवाही गरिएको छ । चालु आर्थिक वर्षको यस अवधिमा १ लाख १७ हजार ४६८ जनालाई कारवाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?