+
+

रौतहटमा एक युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १०:०८

३० भदौ, जनकपुरधाम । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

रौतहटको कटहरिया नगरपालिका-५ सपहीका २५ वर्षीय सुनिल यादवको हत्या भएको हो ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीका अनुसार यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेका थिए ।

बायाँ कोखमा छुरा प्रहारबाट गम्भीर घाइते उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लगिएको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता केसीले बताए ।

प्रहरीका अनुसार लामोसमयदेखि दुबै छिमेकमा एक आपसबीच विवाद र रिसिइबी रहेको थियो । शुक्रबार साँझ बच्चाको विषयमा विवाद हुँदा साहले घरमै पुगेर यादवलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटना लगतै प्रहरीले छुरा प्रहार गर्ने साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?