+
+

दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध !

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १३:४३

हाम्रो समाजमा दाइजो प्रथा अहिले पनि कुरीतिकै रुपमा रहेको छ र यसका कारण दिनहुँ महिलाहरुले प्रताडना झेलिरहनु परेको छ भने बर्सेनी कतिपय महिलाहरुले ज्यानै समेत गुमाउने गरेका छन् । यस्तो प्रथा छिमेकी मुलुुक भारतमा झनै जरो गाडेर रहेको छ । त्यहीँ दाइजो प्रथाका कारण विहे नभएपछि एकजना भारतीय युवतीले सगरमाथामा चढेर अनौठो विरोध प्रदर्शन गरेकी छिन् ।

दाइजो प्रथाको विरोधमा सगरमाथा चढ्ने ती महिलाको नाम स्मिता घुगे हो । महाराष्ट्रको पूणेमा बस्ने स्मिता एक पर्वतारोही हुन् ।

स्मिताको उक्त यात्राको सुरुआत दाइजो प्रथाको विरुद्धमा भएको थियो । आफ्नै बिहेको कुरा चलेको केटा पक्षबाट १८ लाख भारु दाइजो माग भएपछि उनले त्यसको विरोध गर्दै सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने निधो गरिन् ।

आफ्नो बिहेमा दाइजोमा लाखौं खर्च गर्नुको साटो त्यो पैसा यात्रामा खर्च गर्ने निर्णय गर्दै उनले आरोहण यात्रा सुरु गरिन् ।

सुरुमा उनले युरोपको अग्लो शिखर आरोहण गरिन् र त्यसपछि अफ्रिकाको । आफ्नो बिहेका लागि राखेका गहना बेचेर उनले यात्राको लागि खर्च जुटाइन् ।

यात्राका क्रममा उनले आफूजस्तै धेरै महिलाहरुसँग भेट्ने अवसर पाइन् । राम्रो आम्दानी तथा शिक्षा हुँदाहुँदै पनि असल जिवनसाथी फेला पार्न नसकेका धेरै महिलाहरु फेला पारिन् उनले ।

आरोहणबाट फर्केपछि उनले एउटा सामुदायिक मिलन समारोहको आयोजना गरिन् । जहाँ उनीजस्तै युवती तथा महिलाहरुले मनका कुरा साटासाट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?