+
+

न्याय परिषद बैठक विना निष्कर्ष सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १५:२७

३१ भदौ, काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतका मुख्य न्यायाधीश सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । न्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको परिषद स्रोतले जनाएको छ ।

परिषदका एक सदस्यका अनुसार सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गर्नुपर्ने ६ मध्ये कुन क्लस्टरबाट कतिजना न्यायाधीश लैजाने र छनोटको मापदण्ड के बनाउने भन्ने विषयमा छलफल चलिरहेको र टुंगोमा नपुगेकाले निर्णय हुन नसकेको हो ।

शुक्रबार न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । उच्च अदालतमा अझै २९, उच्च अदालतको मुख्य न्यायाधीशमा ६ र सर्वोच्च अदालतमा पनि ६ जना न्यायाधीश पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?