+
+
तीनकुने सामूहिक हत्याकाण्ड :

हत्यालगत्तै खुकुरी बोकेर भागेका थिए आरोपी, सीसीटीभी फुटेजका आधारमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १७:५६

३१ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ ।

शुक्रबार राति तीनकुनेस्थित दिव्य स:मिलमा चार जनाको हत्यापछि आरोपी युवक सञ्जय भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो ।

भण्डारी दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार विहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

आरोपी भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार साँझ नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । बोल्न नसक्ने भण्डारीले दोभासेमार्फत प्रहरीमा बयान दिएका छन् ।

उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेको बयान दिएका प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?