+
+

कोशीमा कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १८:११

३१ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने भएको छ ।

यसअघि शेरधन राई नेतृत्वको सरकारले २०७८ असारमा कर्मचारीलाई दैनिक १०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको थियो । तर एमालेकै हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको हो ।

तर विद्युतीय हाजिरका आधारमा हाजिर भएको दिनको मात्र खाजा खर्च पाउने कोशी सरकारका प्रवक्ता मन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए ।

‘दिनको २०० रुपैयाँ खाजा भत्ता दिने, विद्युतीय हाजिरबाट जति दिन देखिन्छ त्यो हिसाबले मात्र दिने । किनभने खाजा खाने भनेको कार्यालयमा काम गरेवापत दिने हो, त्यसैले यसलाई वैज्ञानिक हिसाबले सम्बोधन गर्नुपर्छ भनेर निर्णय गरेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?