+
+
Shares

बैठक नै नबसी सर्‍यो कोशी प्रदेशसभा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरिएको छ ।
  • प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेश सरकारको अनुरोधमा बैठकको समय परिवर्तन गरिएको हो ।
  • सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक आगामी असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गर्नुभएको छ ।

१६ असार, विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए ।

कोशी प्रदेशसभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ बजे बस्ने समय निर्धारण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?