+

ट्रोसार्डको गोलमा आर्सनल विजयी

२०८० असोज  १ गते ७:४६ २०८० असोज १ गते ७:४६
ट्रोसार्डको गोलमा आर्सनल विजयी

१ सोज, काठमाडौं । लिओन्ड्रो ट्रोसार्डको गोलको मदतमा आर्सनलले प्रिमियर लिगमा एभरटनलाई १-० ले पराजित गरेको छ ।

एभरटनको मैदानमा भएको खेलमा ट्रोसार्डले दोस्रो हाफमा निर्णायक गोल गरे ।

खेलको १९औं मिनेटमा आर्सनलका गाब्रीएल मार्टिनेलीले गोल गरेपछि भिएआरले मान्यता दिएन ।

तर, ६९औं मिनेट ट्रोसार्डले बुकायो साकाको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै ३ अंक जोड्न सफल भयो ।

जारी लिगमा ५ मध्ये चार खेल जितेको आर्सनल १३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । टोटनहम र लिभरपुलको पनि समान अंक भए पनि आर्सनल गोलअन्तरमा पछि छ ।

अर्को खेलमा चेल्सी र बर्नमाउथले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय