+
+

धनगढी उपमहानगरले ग्रामीण भेगका ५ सामुदायिक विद्यालयलाई नमूना बनाउने

रासस रासस
२०८० असोज २ गते १५:४३

२ असोज, गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ ।

पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने योजना अघि बढाइएको हो । नमूना विद्यालय बनाउनका लागि पाँचवटै विद्यालयले पञ्चवर्षीय प्रस्ताव उपमहानगरमा पेस गरेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।

प्रस्ताव आएका सामुदायिक विद्यालयको उपमहानगरले अनुगमन गरिसकेको जनाइएको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका–९ स्थित भवानी मावि, वडा नं ११ स्थित ठेकराज मावि, वडा नं १२ स्थित सिद्धनाथ मावि, वडा नं १६ स्थित बेहडाबाबा मावि र वडा नं १८ को चन्द्रोदय माविलाई नमूना विद्यालयका रुपमा अघि बढाइने उनले जानकारी दिए ।

नमूना विद्यालय विकासको प्रस्ताव उपमहानगरमा पेस भएकाले ती अध्ययन भइरहेको छ । विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाले नमूना विद्यालयले पठनपाठनको भाषा अङ्ग्रेजी बनाउने, शैक्षिक गुणस्तर कायमका लागि निःशुल्क शिक्षा शिक्षकहरूको क्षमता विकास गर्न शिक्षक तालिमको व्यवस्था गर्ने र अपुग शिक्षक उपमहानगरले नै भर्ना गर्ने योजना रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

पठनपाठन गुणस्तरीय बनाउने जिम्मा मात्रै विद्यालय र शिक्षकले लिनुपर्नेछ भने प्रविधिक तथा आर्थिक सहयोग उपमहानगरपालिकाले ब्यहोर्नेछ । नमूना विद्यालयका लागि छनौटमा परेका विद्यालयमा शैक्षिकसत्र २०८१ देखि नमूना विद्यालय कार्यक्रम लागू हुनेछ । गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय सुधारको योजना ग्रामीण क्षेत्रबाट सुरु गरिएको उपमहानगरले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?