+
+

अस्थिरताले प्रदेशवासीमा संघीयताप्रति नै वितृष्णा भयो : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १३:१७

३ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशीको राजनीतिक अस्थिरताका कारण प्रदेशबासीमा संघीयताप्रति नै वितृष्णा पैदा भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा बुधबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले जनतामा देखिएको निराशा र व्यवस्थामाथिको चुनौती सामना गर्न सहमति र सहकार्य आवश्यक भएको बताएका हुन् । ‘हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीहरुमा सङ्घीयता प्रतिनै वितृष्णा पैदा भएको छ’, उनले भने ।

मुख्यमन्त्री कार्कीले संविधान निर्माण र परिवर्तन लागि एक ठाउँ उभिएका सबै राजनीतिक शक्तिहरु पुनः साझा सङ्कल्प लिएर अघि बढ्नुपर्ने पनि बताएका छन् ।

नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताहरुलाई आत्मसाथ गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । कानुनहरुको अभावमा सङ्घीयताका मर्म र भावाना बमोजिम सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको पनि उनले बताए ।

हिमाली तथा पहाडी क्षेत्रबाट भइरहेको बसाँइ सराइ, वातावरण विनाश, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पु¥याउने गतिविधिहरु, बढ्दो बेरोजगारी, जनचाहना अनुसारको शासकीय सुधार प्रदेशको मुख्य चुनौती भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

‘हाम्रो सिङ्गो प्रदेश, प्रदेशभित्रका सबै राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारीहरु, नागरिक समाज र हामी सबै एक जुट भएर साझा चुनौतीहरुलाई अवसरमा परिणत गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता महसुस भएको छ’, उनले विज्ञप्तिमार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?