+
+

नेपाली फिल्ममा क्रेन सुटिङको थालनी गर्ने वरिष्ठ प्राविधिक अनवर खानको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते २१:१९

काठमाडौं । वरिष्ठ नेपाली फिल्म प्राविधिक अनवर खानको निधन भएको छ । मधुमेह र रक्तचापबाट पीडित खानको ५५ वर्षको उमेरमा बुधबार बेलुका काठमाडौंको रातोपुलस्थित डेरामा निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ ।

नेपाली फिल्मका पहिलो क्रेन अपरेटर रहेका खानले नेपालमा क्रेनमार्फत फिल्म छायांकनको ट्रेन्ड सुरु गरेका थिए । करिअरमा एकसयभन्दा बढी फिल्ममा काम गरेका उनको पहिलो नेपाली फिल्म ‘ज्वाला’ थियो ।

मुम्बई घर भएपनि चार दशकदेखि उनी नेपाली फिल्म उद्योगमा अनवरत क्रियाशिल थिए । खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

भुवन केसीका सबै पुराना फिल्ममा उनले क्रेन अपरेटरको रुपमा कार्य गरेका थिए । खानको निधनबाट नेपाली फिल्म उद्योगले एक अनुभवी प्राविधिक गुमाएको चलचित्र प्राविधिक संघका अध्यक्ष लामाले बताए । फिल्म निर्देशक एभरेस्ट सूर्य बोहराले पनि सामाजिक संजालमार्फत खानसँगको अनुभव सेयर गरेका छन् ।

‘प्राविधिक मर्दापर्दा राज्यले पहल गर्न सकेको छैन । फिल्म संघसंस्थाका प्रमुखहरु प्राविधिकको निधनमा बोलाउँदा पनि आउँदैनन् । यसले पर्दा पछाडिका हिरोहरुप्रति राज्यको नियत स्पष्ट हुन्छ । यो विडम्वना हो’ अध्यक्ष लामाले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?