+
+
फिचर :

शैलुङलाई एकफन्को मार्दा

जीवन लामा जीवन लामा
२०८० असोज ४ गते ८:२७

दोलखा सदरमुकाम चरिकोटबाट शैलुङ आँखै अगाडि देखिन्छ । यो हिउँदमा सेताम्मे र बर्खामा हरियालीपूर्ण देखिन्छ ।

१०० थुम्का भएकोले तामाङ भाषामा शैलुङ भनिएको हो । आन्तरिक होस् या बाह्य पर्यटक एक पटक पुग्नैपर्ने गन्तव्य हो, शैलुङ ।

काठमाडौंबाट लगभग ६ घण्टा र चरिकोटबाट ४ घण्टामा पुग्न सकिन्छ, शैलुङ ।

हिउँ पर्दा मात्र होइन, वर्षायाममा पनि हरियालीको मज्जा लिन पर्यटकहरू यहाँसम्म हिंडेरै पुग्छन् । वर्षायाममा चौंरी, भेडा, घोडाको बथान नै चरिरहेका हुन्छन् यहाँ ।

युवाहरू विशेषगरी टिकटक, भिडियो र फेसबुकको सामग्री बनाउन यहाँ पुग्छन् । चारैतिर हरियाली र मौसम खुलेको बेला हिमशृङ्खला देखिने भएकाले पनि वर्षायाममा पनि यहाँ पुग्नेको लर्कै देखिन्छ ।

यही मौसममा बुकी र रंगीचङ्गी फूलहरू फुलेका हुन्छन् । त्यस्तै धार्मिक पर्यटकका लागि पनि यो ठाउँ महत्वपूर्ण मानिन्छ । यहाँ महादेवको मन्दिर लगायत अन्य धार्मिक स्थल पनि छन् ।

समुद्री सतहबाट ३,१४६ मिटर उचाइमा रहेको शैलुङ सुन्दरताकै कारण जो–कोहीको मन तान्न सफल छ । यहाँ पुगेपछि घण्टौं समय बितेको पत्तै हुँदैन ।

शैलुङडाँडा नजिकै चौंरी गोठ छ । आधा घण्टा जति ओरालो हिंडेपछि कालापानीमा सुविधासम्पन्न होटलहरूको व्यवस्था छ ।

यहाँ पैदलमार्गीहरूका लागि शैलुङ ग्रेटवाल निर्माण गरिएको छ । यही ग्रेटवाल चढ्नको लागि पनि सयौं मानिस शैलुङ पुगेका हुन्छन् । हिंड्न नसक्नेको लागि घोडाको व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?