+
+
यू-१९ साफ च्याम्पियनसिप :

पाकिस्तानसँग नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १९:२८

४ असोज, काठमाडौं । यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो ।

यसअघि ३४ औं मिनेटमा पाकिस्तानका आदिल युनसले हानेको बल पोष्ट भन्दा केहीमाथिबाट बाहिर गएको थियो । ४० औं मिनेटमा शाह जाहानले हानेको प्रहार शेखले बचाए ।

खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

११ औं मिनेटमा समीर तामाङले बक्स भित्रबाट गरेको प्रहार पोष्ट माथिबाट बाहिरिएको हो ।

५२ मिनेटमा नेपालले फ्रिकिक पाउँदा पनि नेपालले मौका गुमायो । खेलको समयतिर दीपक थापाले हानेको प्रहार दोस्रो बार हुँदै बाहिरिएको थियो ।

नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ । त्यसअघि शनिबार पाकिस्तान र माल्दिभ्सले खेल्ने छन् ।

यसअघि आजै भएको समूह बीको खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो ।

  

तस्वीरहरू चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?