+
+

‘जैविक विषादी किनेर हामीलाई जोगाउनुस्’

रितकुमार सापकोटा, प्राविधिक, सयपत्री सामुदायिक आईपीएम स्रोत केन्द्र, पनौती रितकुमार सापकोटा, प्राविधिक, सयपत्री सामुदायिक आईपीएम स्रोत केन्द्र, पनौती
२०८० असोज ५ गते २०:१८

पनौती नगरपालिका–१ काभ्रेपलाञ्चोकमा २०६९ सालमा जैविक विषादी उत्पादनका लागि कृषि मन्त्रालयको एउटा कार्यक्रम आयो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले नेपालमा रासायनिक विषादी प्रयोग घटाउन र जैविक विषादी मार्फत कृषि उपजमा लाग्ने कीटाणु नष्ट गर्न यो कार्यक्रम अघि सारेको थियो ।

सुरुवाती वर्षमा एफएओको अनुदानमा बीओडी इक्युभेटर, लेमिनार इयर, माइक्रोस्कोप, हटएयरओभन लगायत विषादी उत्पादनका लागि उपकरण आए । एक वर्षसम्म कृषि मन्त्रालय र मातहतका निकायबाट तालिम र प्रविधि सञ्चालनका लागि प्रविधिक सहयोग पनि आए ।

तर, त्यसपछि परियोजना अपलत्र पर्यो । काभ्रे जिल्लाभर परियोजनाबाट जैविक मल उत्पादन गरेर बिक्री गर्ने र जिल्लाभरि नै जैविक मलको पहुँच पुर्याउने लक्ष्य थियो । दाताको सहयोग रकम सकिएपछि कार्यक्रम अलपत्र पर्यो ।

हामी यसलाई चलाउँछौं, जैविक विषादी उत्पादन गर्छौं भन्दै धेरै ठाउँमा धायौं । तर, पैसा हुने र सहयोग गर्न सक्ने कुनै निकायले पनि सहयोग गरेनन् । संघीयतामा जानुअघि जिल्ला कृषि विकास कार्यालयले राम्रै कार्यक्रम भनेर १ लाख ५० हजार रुपैयाँ दिएको थियो । हामीले समितिका २५ जनाबाट थप ७५ हजार थपेर मेशिन किन्यौं । थप समृद्ध बनाउन खल्तीबाट पैसा हाल्यौं । कार्यक्रम सकिएको एक वर्षसम्म फोन गर्दै हामीले सोध्थ्यौं र सिक्यौं पनि । तर, हामी बसेको तत्कालीन गाउँ विकास समितिको कार्यालय नगरपालिका भएपछि हामीलाई त्यहाँबाट निकालियो ।

दाता पनि गए, स्रोत पनि छैन, विषादी उत्पादन गरेर बिक्री पनि गरिरहेका थियौं । तर, आफ्नै स्थानीय तहबाट पनि लखेटियौं । विभिन्न समस्या झेलेर अझै पनि किसानलाई जैविक विषादीको उपलब्धता गराइरहेका छौं । हामीले अझै पनि वार्षिक ३०० देखि ४०० किलो विषादी उत्पादन गरिरहेका छौं । ट्राइकोडर्मा भीभीडी जैविक ढुसीनाशक विषादी हामीले उत्पादन गरेर सहयोग गरिरहेका छौं । यस्तै, इपीएन नामक खुम्लेकिरा नष्ट गर्ने विषादी पनि हामीले उत्पादन गरेर बिक्री गरिरहेका छौं । १० प्रतिशत विषादीलाई एक लिटरको वा एक किलो पाउडरको ५०० रुपैयाँमा हामीले बिक्री गरिरहेका छौं ।

माटो बचाउन ट्राइकोडर्मा प्रयोग भइरहेको छ । किसानहरू ढुक्क पनि हुनुहुन्छ । सड्ने र कुहिने रोगलाई नियन्त्रण गर्न किसान जैविक विषादी नै रोज्छन् । हामी किसान र सरकारबाट सहयोग गरिरहेका छौं । हामीले अझै अन्य जैविक विषादी उत्पादन गर्न पनि सकिन्थ्यो । तर, हामी स्रोत र साधन मात्रै होइन एउटा गतिलो छानोको खोजीमा छौं ।

विषादीको मातृ स्रोत नार्क र केन्द्रीय कृषि प्रयोगशालाबाट लिएका छौं । तर, हाम्रो विषादीको गुणस्तर जाँच र बिक्रीको बजार मात्रै राज्यले सुनिश्चित गरिदिए विषाक्त रासायनिक विषादी आयातमा भएको करोडौं रुपैयाँको खर्चलाई जोगाउन हामीले केही न केही योगदान गर्न सक्नेथियौं । हामीलाई नगदमा सहयोग चाहिएन गुणस्तर चेक गरिदिनुहोस्, हाम्रो उत्पादन किसानलाई बिक्री गर्ने वातावरण मात्रै बनाइदिए हुन्छ ।

(अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?