+
+

फेसबुकमा नयाँ फिचर, अब एउटै अकाउन्टबाट बनाउन सकिनेछ ४ वटा प्रोफाइल

एजेन्सी एजेन्सी
२०८० असोज ७ गते ८:४८

सोसल मिडिया प्लाटर्फम फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक प्रयोगकर्ताका लागि निकै महत्वपूर्ण घोषणा गरेको छ ।

मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको हो । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् ।

यदि फेसबुकमा धेरैवटा अकाउन्ट बनाउन नसकेकोमा तपाईंलाई समस्या महसुस भैरहेको छ भने यो तपाईंका लागि खुसीको खबर हुनसक्छ ।

फेसबुकले शुक्रबार अर्थात् सेप्टेम्बर २२ देखि यो फिचरलाई विश्वव्यापी रुपमा सुरु गरेको घोषणा गरेको हो । सबै आम प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनका लागि भने केही समय कुर्नु पर्ने हुनसक्छ ।

यो फिचरको प्रयोगसँगै प्रयोगकर्ताले आफ्ना फरक-फरक प्रोफाइलमा फरक-फरक प्रकारका पोस्ट गर्न वा सामग्रीहरु शेयर गर्न सक्नेछन् । सबै प्रोफाइलका फिड पनि अलग अलग हुनेछन् । यसका अलावा लगइन बटनबाट प्रयोगकर्ताले आफ्ना विभिन्न प्रोफाइलमा स्वीच गर्न सक्नेछन् । तर एकभन्दा धेरै अकाउन्ट बनाउने प्रयोगकर्ताका लागि डेटिंग, मार्केटप्लेस, प्रोफेसनल मोड तथा पेमेन्ट फिचरको पहुँच भने रहनेछैन ।

सबै प्रोफाइलका लागि मेसेजिंगको सुविधा पहिलेकै जस्तो गरी उपलब्ध हुनेछ । अर्थात् मेसेजिङ सुविधा केवल एउटा प्रोफाइलमा मात्र प्रयोग गर्न सकिनेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?