+
+

ईःसँग वार्ता गर्न बालेन शाहलाई गगन थापाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १३:५४

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभागृहबाहिर लगातार छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गराइरहेका अभियन्ता ईःसँग वार्ता गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आग्रह गरेका छन् ।

आफूले यस विषयमा बालेनसँग भेटेरै कुरा गर्न कोशिस गरिरहेको पनि थापाले बताएका छन् ।

आइतबार फेसबुकमार्फत उनले लोकतन्त्रमा सबैका आवाज सुन्नपर्ने र शान्तिपूर्ण रुपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्ने बताएका छन् ।

ईःलगायतका अभियन्ताहरुले फुटपाथ व्यवसायीको उचित व्यवस्थापनको माग राख्दै ६ दिनदेखि काठमाडौैं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृहबाहिर लगातार उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।

थापाले शहरको आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न सकिने बताए । उनले यस विषयमा ईःलगायतका अभियन्तासँग वार्ता गर्न पनि आग्रह गरेका छन् ।

‘सँगै बसेर कुरा गरिसकेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै । त्यसकारण मेरो आग्रह छ–निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरु र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्’ महामन्त्री थापाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?