+
+

लोसपाका पदाधिकारीमा शीर्ष नेताका सम्धी–सम्धिनी र छोरी–ज्वाईं पनि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १८:१५

८ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा शीर्ष नेताहरुले श्रीमती, सम्धी–सम्धिनी, छोरी ज्वाइँलाई मनोनित गरेर जम्बो पदाधिकारी बनेको छ ।

अध्यक्ष महन्थ ठाकुरले नेताहरुसँग परामर्श गरेर ६३ जना पदाधिकारी बनााएका छन् । पछिल्लो कार्यकारिणी बैठकले केन्द्रीय समिति विस्तार गर्ने जिम्मा ठाकुरलाई दिएको थियो । त्यसअनुसार पदाधिकारी र केन्द्रीय सदस्य थप गरेका हुन् ।

उनले राजेन्द्र महतोसँगै शरतसिंह भण्डारी र अनिलकुमार झालाई पनि वरिष्ठ नेता बनाएका छन् भने वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ललाई बनाएका छन् ।

ठाकुरले सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् । पूर्व प्रदेश प्रमुख समेत रहेका उनी कार्यकारिणी सदस्य थिए । अहिले उनलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।

उनीसँगै जितेन्द्र सोनार, लक्ष्मणलाल कर्ण, अकवार अहमद शाह, निर्जला राउत र प्रदीप नारायण यादवलाई पनि वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।

ठाकुरले सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष बनाएका छन् । उनी समानुपातिकतर्फ मधेशी कोटामा पहिलो नम्बरमा थिइन् । थ्रेसहोल्ड नकटेपछि सांसद बन्न नपाएकी उनी पार्टीमा उपाध्यक्ष बनेकी छन् ।

ठाकुरले छोरी मीनाक्षी झालाई केन्द्रीय सदस्य बनाएका छन् । सम्धी उमाकान्त झाका भतिजो सञ्जिव झालाई सचिव बनाएका छन् ।

वरिष्ठ नेता महतोको भतिजो उपेन्द्र महतोलाई महासचिव बनेका छन् । उनी हाल प्रदेशसभा सदस्य हुन् । पार्टीमा सहमहासचिव थिए ।

यस्तै महतोका ज्वाइँ अनिल महासेठ महासचिव बनेका छन् । उनी पार्टीको केन्द्रीय सदस्य मात्र थिए ।

अर्का वरिष्ठ नेता भण्डारीले श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने छोरी सृष्टि सिंह भण्डारीलाई सचिव बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?