+
+

अक्षर, शुभमन र शार्दुलले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १७:३३

९ असोज, काठमाडौं । भारतका अक्षर पटेल, शुभमन गिल र शार्दुल ठाकुरले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट गुमाउने भएका छन् ।

एसिया कपमा घाइते भएका अक्षरले पहिलो र दोस्रो एक दिवसीय पनि खेलेका थिएनन् । उनले चोटमुक्त भएमा अन्तिम एक दिवसीय खेल्न सक्ने भनिएको थियो ।

शुभमन र शार्दुलले भने यसअघिका दुवै एक दिवसीय खेलेका थिए ।

पहिलो र दोस्रो एक दिवसीय नखेलेका कप्तान रोहित शर्मा र विराट कोहली भने टिममा फर्केका छन् ।

भारत र अष्ट्रेलियाबीचको तेस्रो एक दिवसीय बुधबार राजकोटमा हुने छ ।

३ खेलको एक दिवसीय शृंखला घरेलु टोली भारतले २-० ले आफ्नो पक्षमा पारिसकेको छ । अष्ट्रेलियासँगको पहिलो एक दिवसीय जितेसँगै भारत विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

भारतले र अष्ट्रेलियानले नोभेम्बर २३ बाट ५ म्याचको टी-२० आई शृंखला खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?