+
+

सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै छ : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १८:३०

९ असोज, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा सरकार कसरी टिकाउने ? यसैमा ध्यान छ । सरकार टिकाउने कुरामा । कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने सरकारमा हुनेहरुलाई फुर्सद पनि छैन ।’ मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो ।

ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएपनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको पनि बताइ । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी समेत गरे ।

‘हामी मिशन २०८४ मा लागेका छौं । चुनावकै हिसावले, सरकारकै हिसावले भन्नुहुन्छ भने मिशन २०८४ मा लागेका छौं । तर हामी के देखिरहेका छौं भने २०८४ को चुनावसम्म पुग्दाखेरी देशमा कुनै उद्योग भन्ने चिज रहन्छ ? रहँदैन । सेयर बजारको क्यापिटल मार्केटको जुन कुरा भयो । त्यो मार्केट रहन्छ कि रहँदैन ? यहाँ बाहिरका प्लेन आउँछन कि आउँदैनन ? हाम्रा प्लेन बाहिर जान्छन् कि जाँदैनन् ?’ उनले भने ।

अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिए । त्यसैगरी उनले चर्को ब्याजदर व्यवसायीहरुलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराए ।

‘राष्ट्र बैंकसँग पनि कुरा गर्छौं । राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी बनाउने होइन । उद्यमका, विकासका सहयोगी संस्थाका रुपमा विकास गर्नुपर्छ, परिचालन गर्नु पर्छ । रिजनेवल ब्याजदर कहिलेकहिले कुनै कारणले ब्याजदर बढ्छ भने पनि सधैं त्यसलाई स्टयाण्डर बनाएर लैजान सकिँदैन । रिजनेवल ब्याजदरमा फेरि घटाउनु पर्छ,’ उनले भने, ‘१५ प्रतिशत ब्याजमा ऋण लिएर तीन तीन महिनामा मिटरब्याजी, त्यति चर्को ब्याजमा पैसा लिएर कुनै काम कसैले शुरु गर्‍यो भने के प्रतिफल आउँछ ? पाँच वर्षसम्म काम गर्नु पर्छ । त्यतिबेलासम्म तिर्नै नसक्ने गरी ढाड सेकाइएको हुन्छ । उत्पादन सुरु नै भएको हुँदैन । उत्पादन नभई रिटर्न कहाँबाट गर्छ ? त्यस्ता कुरामा व्यवहारिक ढंगले लैजानु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?