+
+

विश्व पर्यटन दिवसमा भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १२:५९

१० असोज, काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसर पारी स्वागत गरेका छन् ।

बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ उनीहरुलाई स्वागत गरिएको हो ।

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर प्रवेश गरेका अष्ट्रेलियाका १ जना र भारतका १६ जना गरी १७ जना पर्यटकहरूलाई लाखे प्याखंको प्रस्तुतिसँग भक्तपुर नगरमा स्वागत गरिएको हो ।

पर्यटकहरूलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको पुरानो सहर आफैंमा एउटा सम्पदा शहर भएको बताउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए ।

भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै उनले सयौं वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?