+
+
१९ औं एसियाड :

पौडीमा डुवाना र नासिर हिट चरणबाटै बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १३:४८
एसियन गेम्समा प्रतिस्पर्धा गर्दै नेपाली पौडी खेलाडी डुवाना लामा ।

१० असोज, हान्झाउ । १९ औं एसियाड अन्तर्गत पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।

महिला एक सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धाको हिट १ मा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दुरी एक मिनेट २०.१५ सेकेन्डमा पार गरिन् ।

डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।

पुरुष दुई सय मिटर फ्रिस्टाइल स्पर्धाको हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी दुई मिनेट ००.१४ सेकेन्डमा पार गरे ।

आठ जना खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?