+
+

इन्द्रजात्रा हेर्न आइपुगे काठमाडौंमा विदेशी पाहुना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १५:०३

११ असोज, काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन् ।

महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौं आएका छन् । आन्तरिक भगिनी सम्बन्ध भएका शहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आएका छन् ।

महानगरले मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

सम्पदा मार्गको अवलोकन

बिहीबार विहान बसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भएको थियो । पाहुनाहरुले कुमारी रथ यात्राको अवलोकन गरेका छन् ।

शुक्रबार भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यसपछि आर्ट ग्यालरीको अवलोकन हुनेछ । शुक्रबार नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइने महानगरले जनाएको छ ।

१३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराउने महानगरको तयारी छ । उनीहरु १४ असोजमा स्वदेश फर्किनेछन् ।

आज रथ यात्रा

जात्रा कार्यक्रमअन्तर्गत बिहीबरदेखि रथ यात्रा सुरु हुनेछ । बिहीबार पहिलो दिन तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथ यात्रा हुनेछ ।

रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् । रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?