+
+

एमालेको कर्णाली अधिवेशन ९ घण्टा ढिला सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १९:१९

११ असोज, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ । बिहीबार बिहान ८ बजे सुरु हुने भनिएको बन्द सत्र ९ घण्टा ढिला गरी सुरु भएको हो ।

नेतृत्व चयनको लागि सहमतिको प्रयास गर्दा बन्दसत्र सुरु गर्न ढिलाइ भएको नेताहरुले बताएका छन् । तर एमाले प्रदेश कमिटीले भने आन्तरिक तयारी नपुगेका कारण बन्दसत्र ढिला भएको बताएको छ ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा सहमतिका लागि नेताहरुले दिनभर छलफल गरेका थिए । तर सहमतिको प्रयास असफल भएपछि महासचिव पोखरेल काठमाडौँ फर्किएका छन् । पोखरेलले अझै पनि सहमतिकै प्रयासमा नेतृत्व चुन्न निर्देशनसहित काठमाडौँ फर्किएको एक नेताले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न सुझाएर काठमाडौं फर्किएका थिए । यद्यपि सहमति‌अनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरु बताउँछन् ।

प्रदेश अध्यक्षका लागि स्थायी कमिटी सदस्य यमलाल कँडेलको समूहबाट गुलाबजंग शाह अध्यक्षका आकांक्षी छन् भने अर्का स्थायी कमिटी सदस्य गोरख बोगटी समूहबाट मीनबहादुर शाहीको नाम चर्चामा छ ।

कर्णाली प्रदेशसभाका पूर्वसभामुख समेत रहेका राजबहादुर शाही पनि अध्यक्षका दाबेदार हुन् । तर अहिलेसम्म कुनै पनि नेताले उम्मेदवारी घोषणा गरेका छैनन् ।

११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

बन्द सत्र सञ्चालनका लागि एमाले सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरेका छन् ।

अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्यद्वय यमलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटव्यूरो सदस्य मोहन बानियाँ, भैरवसुनेदर श्रेष्ठ लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक, मोहनमाया ढकाल रहेका छन् ।

बन्द सत्रको बहस नोट कमिटीमा कर्णबहादुर शाही, प्रेम बुढा र पूर्ण रोकाया रहेका छन् । माइन्यूट कमिटीमा टेकेन्द्र बुढा, धनसिंह र इन्द्र केसी रहेका छन् ।

बन्द सत्रलाई संबोधन गर्दै पार्टी सचिव भट्टले मिसन ०८४ अनुसार पार्टीलाई अघि बढाउन सबै नेताहरु बीचको एकता हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?