+

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए

२०८० असोज  १२ गते १३:५८ २०८० असोज १२ गते १३:५८
१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए

१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत पौडीमा नेपालका नासिर याहा हुसेन शुक्रबार हिट चरणबाटै बाहिरिएका छन् ।

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा शुक्रबार भएको पुरुष ४०० मिटर फ्रिस्टाइलमा नासिर हिट चरणबाटै बाहिरिएका हुन् ।

हिट २ मा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी ४ मिनेट २२.०२ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए ।

समग्रमा भने नासिर २५ खेलाडीमा २२औं स्थानमा रहे । यसअघि २०० मिटर फ्रिस्टाइलमा पनि नासिर हिट चरणबाटै बाहिरिएका थिए ।

नासिरको प्रतिस्पर्धापछि १९औं एसियाडमा पौडीमा नेपालको चुनौती सकिएको छ ।

नेपालका चार खेलाडीले ८ इभेन्टमा प्रतिस्पर्धा गरेकोमा कसैले पनि हिट चरण पार गर्न सकेनन् । पुरुषतर्फ एलेक्स शाहले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकोमा हिट चरणबाटै बाहिरिए ।

यस्तै महिलातर्फ डुवाना लामाले १०० मिटर ब्रेस्टस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् भने अनुशिया तन्डुकारले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

एसियाली खेलकुद नासिर याह्या हुसेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय