 
																			१२ असोज, काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्यमन्त्री र आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरिरहेको छ ।
सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सकहरुले जेल विदाउट बेलको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । समितिको छलफलमा पनि उनीहरुले स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले भने घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही थालिसकेको बताए ।
तर चिकित्सकहरु आन्दोलन रोक्न तयार नदेखिएपछि उनले मणिपाल अस्पतालमा एक घन्टाभित्र प्रहरी हटाउने बताए । उनले अघि भने, ‘तपाईहरु आन्दोन फिर्ता लिन तयार हुनुस्, एक घन्टाभित्र पुलिस फोर्स पठाउँछौं ।’
साथै अरु कानुनी प्रक्रियाका लागि हाम्रा जुन जुन संरचनाले काम गरिरहेको छ, यसलाई निरन्तरता दिने उनले बताए ।
यदि संसदीय समितिकै रोहबरमा तीन बुँदे सहमति गर्ने हो भने पनि सरकार तयार रहेको उनले बताए । तर चिकित्सकहरुले आन्दोलन तत्काउन खोजेको त होइन भन्ने लागेको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।
उनले अघि भने, ‘आन्दोलन चर्काएर जाने हो भने त्यही मुड बनाएर जाऊँ । समस्या समाधान गर्ने हो भने सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । शान्ति सुरक्षाको बारेमा एक घन्टा मागेको छु, तपाईहरु सहमति गर्नुस्, म गृहमन्त्रीलाई भेट्न जान्छु ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4