+
+

‘उपहार’ छायांकन सेटमा पुगे ओस्कार मनोनित फिल्म निर्देशक एरिक भ्याली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १७:२८

काठमाडौं । यतिबेला रेखा थापाको फिल्म ‘उपहार’को छायांकन काठमाडौंमा भइरहेको छ । शुक्रबार हात्तीसारस्थित सिद्धार्थ बैंकमा फिल्म छायांकन भइरहेको थियो । सुटिङको यो क्षणलाई नियालिरहेका एक विशिष्ठ अतिथि सेटमा थिए । जसले फिल्म क्रिउलाई शुभकामना मात्र दिएनन्, घण्टौं सेटमा बिताए ।

ओस्कार मनोनित फिल्म ‘क्याराभान’ (हिमालय)का निर्देशक एरिक भ्यालीले शुक्रबारको आधा दिन ‘उपहार’को छायांकन सेटमा बिताए । निर्मात्री तथा अभिनेत्री रेखाले सेटबाट उपलब्ध गराएका तस्वीरमा निर्देशक भ्याली निर्देशक र कलाकारसँग भलाकुसारी गरिरहेको देख्न सकिन्छ ।

रेखाका अनुसार निर्देशक भ्याली बिहानै उपहारको सेटमा पुगेका थिए । त्यहाँ आफूहरुबीच रमाइलो गफगाफदेखि फिल्मका विभिन्न कुराकानी भएको रेखाले बताइन् । भ्यालीले नेपाली फिल्ममा महिलाको सहभागिता र सशक्तीकरणबारे रेखासँग चासो राखेका थिए । ‘यो फिल्म पनि महिला सशक्तीकरणको कथावस्तुमै बनेकाले उहाँले यसबारे चासो देखाउनुभयो,’ रेखाले भनिन् ।

साथै, भ्यालीले रेखासँग आगामी प्रोजेक्टबारे कुराकानी गरेका थिए । भविष्यमा सहकार्य गर्न सकिने कुराबारे पनि आफूहरु छलफल भएको रेखाले बताइन् । ‘अवश्य पनि हामीहरु एउटै क्षेत्रमा छौं, भविष्यमा सहकार्य हुन पनि सक्छ, यसबारे पनि कुराकानी भयो,’ रेखाले भनिन् । निर्देशक भ्याली यतिबेला फिल्म निर्माणको तयारीमा छन् ।

रेखाको ‘उपहार’ आगामी वैशाख १ गते प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?