+
+

एमाले कोशीको मतगणना ५ बजेपछि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १५:२०

१५ असोज, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेदेखि  मतगणना गर्ने तयारी गरेको हो ।

आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खसेको थियो ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन् ।

सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।

२१५ सदस्यीय प्रदेश कमिटी मध्ये उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?