+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इञ्जिनियरिङको शूल्क वृद्धिको निर्णयबाट पछि हट्यो आईओई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १३:२३

१६ असोज, काठमाडौं । इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले २०८० सालमा इञ्जिनियरिङको शूल्क वृद्धि गर्ने निर्णय स्थगित गर्ने भएको छ ।

शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थीहरुसँग दुई बुँदे सहमति गर्दै नयाँ भर्ना कार्यक्रममा शुल्क वृद्धि नगर्ने निर्णय भएको नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले बताए ।

सहमतिको दोस्रो बुँदामा प्रवेश परीक्षणका लागि १७ देखि १९ असोजसम्म समयत दिने भनिएको छ भने २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने भनिएको छ ।

यसअघि ३ लाख १८ हजार रुपैयाँबाट शुल्क बढाएर ७ लाख ७७ हजार रुपैयाँ पुर्‍याइएको थियो ।

सहमतिमा आईओईका तर्फबाट डिन प्रा.डा. शशीधर जोशी र सहायक डिन शुशिल बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

विद्यार्थीका तर्फबाट मल्लसहित अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावल, अनेरास्ववियूका उपाध्यक्ष गोविन्द गिरी, स्ववियु पुल्चोक क्याम्पसका अध्यक्ष विराज अर्याल, स्ववियू पूर्वाञ्चल क्याम्पसका अध्यक्ष नविन श्रेष्ठ, स्ववियू थापाथली क्याम्पसका अध्यक्ष पुष्कर विक्रम शाही लगायतले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?