+
+

रिगलकाे कैद मिनाहा विरुद्ध अनशन बस्छु : भारती

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १९:२०

१६ असोज, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन् ।

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

चेतनकी श्रीमती भारतीले राष्ट्रपतिको निर्णय विरुद्ध भोलि बुधबारदेखि माइतीघरमण्डलमा रिले अनशन सुरु गर्ने बताइन् । गहभरी आँसु लिएर मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी उनले भनिन्, ‘जुन म पहिला पीडामा थिएँ, राष्ट्रपतिले फेरि दोहोर्‍याइदिनुभयो । पहिलाको दृश्य आँखामा झल्झली भइरहेको छ ।’

लामो कानुनी लडाईं लडेर रिगललाई कारागार पुर्‍याएको भन्दै उनले पीडित परिवारको सहमति विना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन् । ‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलीबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ उनले प्रश्न गरिन्, ‘यस्तो दिन देखाउनुहुन्थ्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?