+
+

भूकम्पमा परी घाइते भएकाहरुको प्रदेश सरकारले उपचार गर्छ : मुख्यमन्त्री शाह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १७:१४

१७ असोज, धनगढी । बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पमा परेर घाइते भएकाको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

भूकम्पपछि भएको क्षति, उद्दार तथा राहतका सम्बन्धमा छलफल गर्न बुधबार बसेको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने बताएका हुन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका अनुसार प्रदेश विपद् व्यवस्थापन समितिले यसबारे औपचारिक निर्णय गर्ने छ ।

मंगलबार दिउँसो बझाङको तलकोट र चैनपुर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी बझाङ, बैतडी, बाजुरा र अछाममा गरी २७ जना घाइते भएका छन् ।

सबभन्दा बढी क्षति बझाङमा भएको छ । बझाङमा एक जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन् । यस्तै अछाममा ५ जना, बैतडीमा २ र बाजुरामा २ जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वाथ्य संस्थामा उपचार भइरहेको छ ।

प्रदेशभर करीब ४०० भौतिक संरचनामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?