+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यही रुपले जनता भाग्ने हो भने १०–२० वर्षमा मुलुक रित्तिन्छ : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १५:०९

१८ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट शिक्षा र कामका लागि विदेश जानेहरु अत्याधिक बढेको भन्दै यही स्थिति रहे १०–२० वर्षमा मुलुक रित्तिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे ।

‘सबै बेरोजगार भएर, काम नभएका मान्छेमात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न । त्यसकारण जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया, त्यो गर्न नसक्ने कमसे कम जापान’, केसीले भने, ‘सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ । यो एजेण्डामा हामीले संसदमा छलफल गर्नुपर्छ ।’

नयाँ पिँढी के कारणले मुलुकमा बस्न चाहेका छैनन् भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने भन्दै केसीले भने, ‘यही रुपले जनता भाग्ने हो भने मुलुक १०–२० वर्षपछि मुलुक रित्तै हुन्छ ।’

नेपालका राम्रा डाक्टर, नर्स, शिक्षक सबै विदेश गएको भन्दै केसीले नेपालमा शिक्षादीक्षा लिएकाहरुबाट विदेशीले फाइदा लिइरहेको बताए ।

‘हामीले गोहीका आशु बगाएर मात्र हुँदैन, संसदमा विस्तृत छलफल गर्नुपर्छ र यसको निराकरण गर्नुपर्छ । हामीले गोहीका आशु बगाइरहने, मुलुक रित्तो हुने र अरुले आएर शासन गर्ने स्थिति नआओस्’, केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?