+
+

वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न धितोपत्र बोर्ड र महासंघबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १६:४७

१८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच पूँजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पूँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सु-सूचित एवम् विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले उक्त सम्झौता भएको धितोपत्र बोर्डले जनाएको छ ।

विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा १८ असोज २०८० मा महासंघमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो ।

समझदारीपत्रमा बोर्डका अध्यक्ष रमेशकुमार हमाल र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हस्ताक्षर गरे ।

कार्यक्रममा बोर्डका अध्यक्ष हमालले उद्योग वाणिज्य महासंघसँगको समझदारी वित्तीय साक्षरता अभिवृद्धिमा एक कोसेढुंगा सावित हुने बताए । धितोपत्र बजारमा लगानी तथा जोखिम सम्बन्धी जनचेतना अभिवृद्धि हुने उनको भनाइ छ ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको सञ्जाल देशव्यापी रहेको र उक्त सञ्जाल मार्फत धितोपत्र बजार सम्बन्धी ज्ञान अभिवृद्धिमा विशेष योगदान गर्न सकिने भएकोले उक्त समझदारी गरिएको बताए । करिब ५९ लाख लगानीकर्ता रहेको धितोपत्र बजार विकासमा सरकार संवेदनशील हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई हेर्दा बजार सम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकता देखि समझदारी गर्ने प्रकृया अगाडि बढाइएको बताए ।

कार्यक्रमको दोस्रो सत्रमा लगानीकर्ताहरुलाई धितोपत्र बजारमा लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुतिका लागि बोर्डका निर्देशक रेवत श्रेष्ठले लगानीको जोखिम र अवसरबारे जानकारी गराएका थिए ।

कार्यक्रममा महासंघका पदाधिकारी, बोर्डका पदाधिकारी, लगानीकर्ता संघ संस्थाका प्रतिनिधि जिल्ला नगर उद्योग वाणिज्य संघका पदाधिकारी तथा वस्तुगत संघका पदाधिकारी, धितोपत्र व्यवसायी संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

धितोपत्र बजारमा आबद्ध डिम्याट खाता लिने लगानीकर्ताको संख्या ५९ लाख ४८ हजार भन्दा बढी पुगिसकेको सन्दर्भमा धितोपत्र बजारलाई सु-सूचित एवम् विश्वसनीय बनाउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यलाई निरन्तररुपमा सञ्चालन गर्नु अपरिहार्य भएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?