
१८ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण सामग्री उत्पादन गर्ने उद्याेग, ५ कराेडसम्म कर्जा लिएका साना व्यवसायी तथा शिक्षा-स्वास्थ्य व्यवसायीलाई राहत दिएकाे छ।
बिहीबार राष्ट्र बैंकले बैंकहरूलाई जारी गरेकाे एकीकृत निर्देशन २०७९ मा संशाेधन गर्दै त्यस्ता उद्योग तथा व्यवसायमा गएको कर्जाहरूलाई पुनःसंरचना र पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेकाे हाे ।
राष्ट्र बैंकले सिमेन्ट, डण्डी, इँटा/ ब्लक, पाइप्स एण्ड फिटिङ्सलगायतका उद्याेगमा प्रवाहित कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेकाे हाे । यस्तै शिक्षा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिराे, भुकम्प, जस्ता प्राकृतिक /दैवी प्रकाेपबाट प्रभावित भएका परियाेजनामा रहेकाे कर्जालाई पनि यस्तो सुविधा दिइएको छ ।
यी कर्जाहरू बैंकहरूले नै उद्याेग / व्यवसायकाे नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यकाे आधारमा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नसक्नेछन् । तर, त्यसअघि बुझाउनुपर्ने ब्याजकाे कम्तीमा १० प्रतिशत रकम असुल उपर गर्नुपर्ने व्यवस्था राष्ट्रबैंकले गरेको छ ।
प्रतिक्रिया 4