+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमाले सांसदले संसदमा भने : विद्यालय शिक्षा स्थानीय सरकारलाई छोड्न आँट हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १२:४६

१९ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ ।

शुक्रबार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले सांसद रघुजी पन्तले विद्यालय शिक्षा सम्पूर्ण रुपमा स्थानीय सरकारलाई छाड्न खोजेको भए त्यही अनुसार अगाडि बढ्न सरकारलाई सुझाएका छन् ।

संघीय संरचनामा विद्यालयको शिक्षा स्थानीय तहलाई सम्पूण रुपमा सुम्पेको हो भने त्यही ढंगले जानुपर्यो । त्यस विपरितका कुराहरुलाई सामना गरेर जानुपरयो’ पन्तले भने, ‘संविधानसँग बाझिने र ठाउँ ठाउँमा सम्झौता गर्दै जाने गर्दा शिक्षा क्षेत्रमा सुधार गर्न जे खोजेको त्यो सम्भव हुँदैन ।’

प्रस्तुत विधेयकलाई संविधानसम्मत बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले शिक्षकहरुसँग सरकारले गरेको सम्झौताको पालना कहाँ र कसरी सम्बोधन हुन्छ भन्ने प्रष्ट पार्न आग्रह गरेका छन् ।

संसदमा आइसकेपछि संसदको विवेकका आधारमा विधेयक अगाडि उल्लेख गर्दै उनले सरकारले बाहिर गरेका सम्झौताहरुको कार्यान्वयनको सन्दर्भमा सरकारले के सोचिरहेको छ भनी प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?