
२० असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् ।
विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो ।
संविधानकाे धारा १६८ काे उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासकाे मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यवसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरी उनले राजीनामा दिने भएका हुन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4