+
+

प्रधान सेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १२:३१

२१ असोज, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरेका छन् ।

बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने छन् ।

बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघाको पनि कार्यक्रम रहेको छ । उनले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता हुनेछ ।

प्रधान सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् ।

शर्मा भ्रमण गएपछि प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।

प्रधान सेनापति शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?