+
+
आर्सनल १-० म्यानचेस्टर सिटी :

मिकेल अर्टेटाको करिअरकै एउटा महत्वपूर्ण जीत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १५:००

२२ असोज, काठमाडौं । कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटीलाई पेनाल्टीबाट पराजित गरेपछि आर्सनलले वेम्लीमा उत्सवको सट्टा बाहिरी मानिसहरुको मजाकको सामना गर्नुपर्‍यो ।

लिगको उपाधि नजिक पुगेर पनि सिटीसँग पछि परेर लिग च्याम्पियन बन्न चुकेका कारण आर्सनलको त्यो जितलाई मजाक बनाइको थियो ।

गत सिजनको शीर्ष दुई टोली बीचको खेललाई उत्सुकताका साथ हेरिएको थियो । अगस्ट ६ मा भएको खेल निर्धारित समयमा १–१ बराबरीमा पुगेपछि आर्सनलले पेनाल्टी मार्फत ४–१ ले बाजी मार्‍यो ।

कम्युनिटी शिल्डको फाइनलपछि प्रिमियर लिगमा आइतबार राति साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले खेलेका थिए । जुन खेल आर्सनले १–० ले जित्यो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा ग्याब्रिएल मार्टिनेलीको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल रह्यो ।

आर्सनलले सिटीका फरवार्डहरुलाई रोक्न सफल हुँदा साविक विजेता रहेको सिटी गनर्ससँग पछि पर्‍यो । सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई गोलका लागि सर्ट प्रहार गर्नबाट आर्सनलका डिफेन्डरले रोके ।

पेनाल्टी बक्सको बाहिरबाट मार्टिनेलीले गरेको शसक्त प्रहारमा बल नेथन आकेको अनुहारमा लागेर गोलमा परिणत भएको थियो । सिटीका गोलकिपर एन्डर्सनले त्यो प्रहारलाई रोक्न कुनै मौका पाएनन् ।

जितपछि आर्सनल २० अंक सहित तालिकाको दोस्रो उक्लेको छ । समान २० अंक रहेको टोटेनहम गोल अन्तरका कारण शीर्षस्थानमा छ ।

यो सिजन शीर्ष २ टोलीले कुनै खेल हारेका छैनन् । पराजित सिटी १८ अंक सहित तेस्रो स्थानमा झरेको छ । सिटीले ८ खेलमा ६ जित र २ हार बेहोरेको छ ।

आइतबार सिटीमाथिको जितले आर्सनलका लागि एक ठूलो महत्व राख्छ । एक एउटा यस्तो टिममाथिको जित हो, जसले गनर्सलाई उपाधि जित्नबाट रोक्ने गरेको थियो ।

आइतबारको खेल जितेपछि भने आर्सनलले अब के गर्छ कसरी खेल्छ भनेर सन्देह गर्नेहरुमाथि राम्रो जवाफ मिलेको छ । आर्सनलले लगभग ८ वर्षपछि यस्तो जित निकालेको हो ।

आइतबार प्रिमियर लिगमा १–० को जित कम्युनिटी शिल्ड भन्दा पनि धेरै महत्व बोकेको जित थियो आर्सनलका लागि । खेलाडी र समर्थकका लागि निकै ठूलो खुसी हो यो ।

सिटीविरुद्ध लिगमा १५ खेलमा जितविहीन रहेका आर्सनलका प्रशिक्षक अर्टेटाको लागि १६ औं खेलमा पाएको पहिलो जित उनको करिअरमा निकै महत्वपूर्ण हुनेछ । उनको टिमले यसअघि सिटीसँग लगातार ७ खेल हारेको थियो ।

मैदानमा आर्सनलले उच्च श्रेणीको टिमसँग खेल्नुपर्ने जस्तो प्रदर्शन दिन सकेको थिएन । तर खेल उसकै पोल्टामा पर्‍यो । जब खेल सिकएको सिठी बज्यो त्यो बेला स्टेडियम पूरै खुसीले गुन्जियो ।

नगुञ्जियोस् पनि किन ? त्यतिबेला आर्सनल, अर्टेटा, खेलाडी र समर्थकले यस्तो जित पाएका थिए, जुन जितका लागि उनीहरु लामो समयदेखि प्रतिक्षारत थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?