
२४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपभोक्ता समितिहरु दलाल जस्तो भएको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि राज्य व्यवस्था समितिमा बुधबार भएको छलफलमा प्रमुख आयुक्त राईले समुदायमार्फत काम होस् भनेर उपभोक्ता समितिमार्फत काम गराउने अवधारणा आएको बताए । तर, पछिल्लो सरकारले उपभोक्ता समितिलाई दिने र समितिले ठेकदारलाई काम लगाउने गरेको भन्दै उनले अघि भने, ‘उपभोक्ता समितिको कम ब्रोकर वा दलालको जस्तो हुन थालेको छ ।’
उपभोक्ता समितिमार्फत बनाएका भवन, पुल लगायतको गुणस्तरसमेत भएको पाइएको उनले बताए । प्रमुख आयुक्त राई भन्छन्, ‘उपभोक्ता समितिको विषय सिरियर छ, यसलाई कसरी समेट्ने पनि छलफल गरौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4